काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सकुशल उद्धार गरिएका सप्तरीका सञ्जयकुमार साहका बुवा रामफल साह, काका कुशेश्वर साह काठमाडौं आइपुगेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये शुक्रबार बिहान दुई जनालाई जीवितै उद्धार गरिएपछि परिवारमा खुसी फर्किएको छ।
जीवितै उद्धार गरिएकामध्ये सप्तरीका ३२ वर्षीय सुपरभाइजर सञ्जय साह पनि छन् ।
नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित कम्पनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरुङबाट उद्धार गरेलगत्तै साहलाई हेलिकप्टरमार्फत् नुवाकोटको बट्टार लगिएको थियो।
त्यहाँबाट थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनलाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया