काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार अपरान्ह उनले मन्दिर दर्शन र पुजारीबाट फूल–प्रसाद ग्रहण गरे ।
ललितपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुख हरेक वर्ष कृष्ण मन्दिर पुगेर दर्शन गरी पूजाआजा गर्ने परम्परा छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहानैदेखि प्रसिद्ध कृष्ण मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो रह्यो ।
मन्दिर परिसरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजन दिनभर लामो लाइनमा बसेका थिए । भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका थिए ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया