एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । साउदीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो ।

आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र साउदीबीचको खेल बिहान अहिले सुरु भएको हो । दुई खेलमा विजयी भएको समूह ‘ए’को नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा दुईहा र एक जित निकालेको साउदी दुई अंकसहित तालिकाको पुछारमा छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। यसअघि साउदीसँग भएका दुई खेलमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। सहजै सेमिफाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएर अन्तिम खेलको नतिजापछि नेपालले रनरेटको गणना पर्खिनु पर्ने छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : १२ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस