नगरकोट सडक खण्डका कर्मचारी माथी हातपात | Khabarhub Khabarhub

नगरकोट सडक खण्डका कर्मचारी माथी हातपात


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर-नगरकोट सडकखण्ड निर्माणमा खटिएका एक कर्मचारीमाथि कुटपिट भएको छ ।

सडक निर्माणको ठेक्का पाएको एआइपीएल एससीसीपीएल जेभीका कर्मचारी तथा सवारी चालक अभय खतिवडालाई अज्ञात समूहले कुटपिट गरेको हो ।

खतिवडालाई कुटपिट गर्नुका साथै उनले चलाएको बा २ क ५००५ नम्बरको गाडी पनि तोडफोड भएको प्रहरी प्रभाव खरीपाटीले जनाएको छ ।

प्रहरीमा परेको उजुरी अनुसार खतिवडालाई अज्ञातसमूहले मरणासन्न हुने गरी कुटपिट गरेको छ । त्यस्तै उनी सवार गाडी पनि तोडफोड गरिएको छ । घाइते खतिवडाको उपचार भइरहेको र कुटपिटमा संलग्न समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय स्थानीयबासीले समयमै सडक नबनेको भन्दै ठेकेदार कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । यो सडक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको शैलुग कन्स्टक्सन कम्पनीले काम गर्दै आइरहेको छ ।

कम्पनीले सार्वजनिक व्यक्तव्य प्रस्तुत गर्दै पटक पटक जोडतोडले निर्माण कार्य सञ्चालन गर्दा कर्मचारीमाथि भएको आक्रमण निन्दनीय भएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : ५७ बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो