ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति « Khabarhub

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी आईमार्फत निर्मित अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै पार्टीले आपत्ति जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतका साथ यस्ता अराजनीतिक, अनैतिक तथा आपत्तिजनक गतिविधि गरिएको भन्दै आचार्यले त्यसको घोर निन्दा एवम् भर्त्सना गरेका छन्।

आचार्यले यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन् ।

यसका साथै, प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको आचार्यले ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : ०४ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस