इरानी शासनको अन्त्य नजिक : नेतान्याहु « Khabarhub

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठूलो सफलता हासिल गरेको बताएका छन् ।

रोश हसानाहको अवसरमा आइतबार आयोजित सरकारी बैठकमा उनले संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गरेको बताए । इजरायल पहिलेभन्दा बलियो र उसका शत्रुहरू कमजोर बनेको उनको दाबी थियो ।

इरानले इजरायलमाथि आक्रमण गर्ने गल्ती गरे त्यसले कल्पना नगरेको ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै नेतान्याहुले इजरायललाई परीक्षण नगर्न आफ्ना विरोधीलाई आग्रह गरे। उनले इजरायल मध्यपूर्वको सबैभन्दा बलियो महाशक्ति बनेको दाबी गरे।

इजरायली रक्षा बलले गाजा, लेबनान तथा जुडिया र सामरियामा आतङ्कवादीलाई निरन्तर लक्षित गरिरहेको उनले बताए।

नेतान्याहुले अझै महत्त्वपूर्ण उद्देश्य पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै इरानी शासनको अन्त्यलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरे। ‘इरानको यो शासनको अन्त्य नजिक छ । यो कमजोर छ, आफ्नो अस्तित्वका लागि लडिरहेको छ र निरन्तर कमजोर हुँदै गएको छ’, उनले भने।

उनले बाँकी उद्देश्य पूरा गर्न इजरायल दृढ र सक्षम रहेको बताउँदै त्यसबाट मध्यपूर्वको स्वरूप र इजरायली जनताको इतिहास स्थायी रूपमा परिवर्तन हुने दाबी गरे।
 

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १२ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको