‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’ « Khabarhub

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएका घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

जेन-जी शहीद दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै नेसपा नयाँ शक्तिले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले सरकारसमक्ष प्रतिवेदन पेस गरिसकेको अवस्थामा सार्वजनिक नगरिनु गम्भीर विषय भएको जनाएको हो।

पार्टीले आन्दोलनका क्रममा भएका घटनाबारे फरक–फरक धारणा र व्याख्या भइरहेको भन्दै त्यसको सत्य–तथ्य स्थापित गर्नु राज्यको दायित्व भएको जनाएको छ। ‘आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी जनतालाई सत्य–तथ्य जान्ने अधिकार सुनिश्चित गर्न’ सरकारसँग माग गरिएको छ।

नेसपा नयाँ शक्तिले भदौ २३ र २४ गतेको जेन-जी विद्रोहलाई नेपाली राजनीतिको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेको छ। विद्रोहले नयाँ पुस्तामा विकसित हुँदै गएको राजनीतिक चेतना, राज्य सञ्चालनप्रतिको असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सशक्त रूपमा अभिव्यक्त गरेको पार्टीको भनाइ छ।

पार्टीले जेन-जी विद्रोहपछि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजी प्रतिनिधिबीच भएका सहमति तथा प्रतिबद्धतालाई आन्दोलनका माग संस्थागत रूपमा सम्बोधन गर्ने आधारका रूपमा कार्यान्वयन गर्न पनि माग गरेको छ। ती सहमतिको शीघ्र र प्रभावकारी कार्यान्वयन गरी कार्यप्रगति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

‘वर्तमान सरकार जेन-जी विद्रोहले सिर्जना गरेको राजनीतिक परिस्थितिको जगमा निर्माण भएको हो,’ उसले भनेको छ, ‘त्यसैले यस सरकारले जेन-जी पुस्ताको भावना र अपेक्षालाई सत्ता निर्माणको सन्दर्भमा मात्र होइन, राज्य सञ्चालनको मूल कार्यदिशाका रूपमा ग्रहण गर्नुपर्छ।’

पार्टीका संयोजक दुर्गा सोबले युवाले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, रोजगारी, अवसर र राजनीतिक पुस्तान्तरणका प्रश्नमा सरकारले ठोस परिणाम देखाउनुपर्ने जनाएकी छन्।

जेन-जी विद्रोहलाई केवल सरकार वा नेतृत्व परिवर्तनमा सीमित गर्न नहुने भन्दै नेसपा नयाँ शक्तिले यसको मूल प्रश्न राजनीतिक संस्कार र शासन प्रणालीमा परिवर्तन भएको दाबी गरेको छ।

नयाँ अनुहारको प्रवेशसँगै पुरानै कार्यशैली, अपारदर्शिता र जवाफदेहिताविहीन शासन कायम रहे आन्दोलनको उद्देश्य अधुरै रहने पार्टीको निष्कर्ष छ।

नेसपा नयाँ शक्तिले स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समुन्नत समाजवादलाई लामो समयदेखि राजनीतिक रूपान्तरणको आधारका रूपमा अघि सार्दै आएको जनाएको छ।

आजको पुस्ताले उठाएका प्रश्नले वैकल्पिक राजनीतिको आवश्यकता थप प्रस्ट बनाएको भन्दै पार्टीले नयाँ पुस्ताको ऊर्जा र आकांक्षालाई लोकतान्त्रिक, प्रगतिशील र रूपान्तरणकारी राजनीतिको शक्तिमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ४२ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा