जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क « Khabarhub

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीहरूले डाइक्लोरोसिलेन चीनमा डम्पिङ गरेको र त्यसबाट चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ।

मन्त्रालयका अनुसार अधिकांश जापानी कम्पनीका लागि एन्टि–डम्पिङ शुल्कको दर ९९.२ प्रतिशत निर्धारण गरिएको छ। जापानी कम्पनी डेनल सिलेनका लागि भने ८०.८ प्रतिशत शुल्क तोकिएको छ।

चीनले गत जनवरीमा जापानबाट आयात हुने उक्त रसायनबारे एन्टि–डम्पिङ अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपछि चीनले अस्थायी शुल्क लगाउने निर्णय गरेको हो।

जापानले चीनको निर्णयप्रति कडा आपत्ति जनाएको छ। जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनसँग उक्त उपाय फिर्ता लिन आग्रह गरिएको बताए ।

किहाराका अनुसार जापानले चीनले अपनाएका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिनेछ।

जापान र चीनबीच ताइवानलगायतका विषयमा पछिल्लो समय कूटनीतिक तनाव बढिरहेका बेला चीनको पछिल्लो व्यापारिक कदम आएको हो। यसले दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धमा थप तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले अस्थायी एन्टि–डम्पिङ शुल्क कति समयसम्म कायम रहने वा अनुसन्धानको अन्तिम निर्णय कहिले सार्वजनिक गरिने भन्नेबारे समयसीमा तोकेको छैन।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १२ : २६ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि