अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ « Khabarhub

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने हिम्मत गर्न नसक्ने बताएका छन् । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन-जी सहिद दिवस कार्यक्रमका अवसरमा सम्बोधन गर्दै उनले अब कसैले जनतामाथि गोली चलाउने आँट नगर्ने दाबी गरे ।

गृहमन्त्री गुरुङले भदौ २३ को आन्दोलन सत्ता र शक्तिको लोभका लागि नभई मुलुकमा सुशासन कायम गर्नका लागि भएको स्पष्ट पारे। पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै उनले इतिहासलाई फेर्ने वा जनआन्दोलनको अपमान गर्ने कोसिस नगर्न चेतावनी दिए। तीन करोड नेपाली जनताको जनादेश र बलिदानबाट यो परिवर्तन सम्भव भएको भन्दै उनले पुराना दलहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न आग्रह गरे।

आफ्नो पदलाई अधिकार वा घमण्ड नभई जनताले दिएको ठूलो जिम्मेवारीका रूपमा लिएको बताउँदै गृहमन्त्री गुरुङले सहिद परिवार र घाइतेहरूको आशालाई कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई मर्न नदिने उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशीलताका साथ अघि बढ्ने र एक रुपैयाँ पनि भ्रष्टाचार भएको पाइए स्वयं जनताका तर्फबाट लड्ने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जस्ता सुरक्षा निकायहरूलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग गर्ने परिपाटीको अन्त्य गरिएको बताए। पुराना सरकारहरूले सुरक्षाकर्मीमाथि अन्याय गरेको आरोप लगाउँदै वर्तमान सरकारले उनीहरूलाई निष्पक्ष र स्वतन्त्र रूपमा जनताको सेवामा खटिने वातावरण बनाएको दाबी गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ४ : २२ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि