किएभमा रुसी आक्रमण फेरि सुरु « Khabarhub

किएभमा रुसी आक्रमण फेरि सुरु


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । मंगलबार बिहान भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु तथा सात जना घाइते भएको किएभ सहरको सैन्य प्रशासनले जनाएको छ ।

आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ । सोलोमियन्स्की जिल्लाको पाँचतले आवासीय भवनमा समेत क्षति पुगेको र पोडिल्स्की जिल्लामा सवारीसाधनमा आगलागी भएको मेयर भिटाली क्लिट्स्कोले बताए। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको जनाउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा किएभमा राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गरेपछि पुटिनले आक्रमण रोक्न आदेश दिए। पछिल्लो आक्रमणसँगै उक्त रोक समाप्त भएको रुसी सरकारी समाचार संस्था तासले जनाएको छ ।

यसैबीच, विटकफले रुस र युक्रेनसँगको छलफलमा ‘ठोस प्रगति’ भएको बताएका छन् । क्रेमलिनले रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय शान्ति वार्ताको सम्भावना अस्वीकार नगरे पनि त्यसको स्थान र मिति तय गर्न कठिन रहेको जनाएको छ ।

जेलेन्स्कीले अमेरिकाले जाडो सुरु हुनुअघि युद्धको तनाव कम गर्न दबाब दिइरहेको बताएका छन् । अमेरिकी प्रस्तावमा ऊर्जा पूर्वाधार, अन्न ढुवानी तथा तेल र ग्यास निर्यातसम्बन्धी विषय समेटिएको उनले उल्लेख गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता प्रत्येक जाडोमा युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण हुँदै आएको छ । 

पूर्वी युक्रेनका भूभागसम्बन्धी मतभेदका कारण यसअघिका वार्ता अघि बढ्न नसकेको अवस्थामा पछिल्लो आक्रमणले अमेरिकी शान्ति प्रयासबीच पनि युद्ध अन्त्यको बाटो चुनौतीपूर्ण रहेको देखाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ४ : ४२ बजे

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा