नेप्से परिसूचक ओरालो « Khabarhub

नेप्से परिसूचक ओरालो


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ३० लाख ६७ हजार ६५४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड पाँच लाख ५८ हजार १२७, एनआइसी एशिया बैंक रु एक करोड २८ लाख ४१ हजार ४८७, साल्ट टे«डिङ कर्पोरेशन रु एक करोड २० लाख ४२ हजार ९६७ र लुम्बिनी जनरल इन्स्योरेन्स रु ८६ लाख ९३ हजार ९२५ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए ।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८.२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउण्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : १८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ