अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ « Khabarhub

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार, आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने, विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्ड लिन लगाउने र त्यसपछि मोबाइल बैंकिङलगायत माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खाता खोलिदिएबापत आठ हजारदेखि १० हजारसम्म दिने गरेको पाइएको उनले जानकारी दिए । खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको समेत सङ्लग्नता हुनसक्ने भएकाले खोजी तथा निगरानी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

आफ्नो नामको बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ११ : ०२ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री