संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त) प्रतिबद्ध « Khabarhub

संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त) प्रतिबद्ध


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए।

अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको बताए । राप्रपा(संयुक्त)को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै उनले राप्रपाका कमल थापासँग चुनाव चिन्ह ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पारे।

अर्का अध्यक्ष डा लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताए । उनले भने ‘‘नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : ३९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी