परराष्ट्रमन्त्री ज्ञवाली रुस र सर्वियाको भ्रमणमा जाँदै  « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली रुस र सर्वियाको भ्रमणमा जाँदै 


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा जाने भएका छन् । यही मंसिर ७ गते उनी मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासंघका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रसिया सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिने छन् भने रसियाका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली संगठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन्।

भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मंसिर ११ गते बेल्ग्रेड पुग्ने छन् । नेपाल र तत्कालीन युगोस्लाभियाअर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्नेछन्।

बेलग्रेडमा उनी स्थानीय उद्योग वाणिज्य संघ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनेछन्। मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासंघको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनेछन्।

सर्विया भ्रमणदलमा सचिव वैरागीसहित उक्त देशका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनाल र अन्य सरकारी अधिकारी रहने छन्। यही मंसिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : ५२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत