तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते « Khabarhub

तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  तनहुँको बन्दीपुर(३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएकी ६० वर्षीया देविमाया थापालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।

गुडिरहेको अवस्थामा अगाडीको टायर पञ्चर हुँदा जीप सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  २ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट