नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गरिने | Khabarhub Khabarhub

नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गरिने


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २९ र यही मङ्सिर ३ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालका दुवै छिमेकी मुलुक भारत र चीनसँगको सीमा निरीक्षणका लागि छुट्टाछुट्टै समिति गठन गरिएको जानकारी दिए।

बैठकले नेपाल सरकार र रुसी महासङ्घबीच आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ । मन्त्रिपरिषद् बैठकले जबर्जस्ती करणी मुद्दाका चार पीडितलाई राज्यले अभिभावकत्व ग्रहण गर्दै संविधानप्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि तिनलाई जनही रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले दिए ।

कलङ्की–थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको सडकमा सडकको केन्द्ररेखादेखि आठ-आठ मिटर बाहिरका सुरुङमार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव आठ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहण गर्न स्वीकृति मन्त्रिपरिषद् बैठकले दिएको छ ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गर्नुपर्ने प्रस्तावित ५८४.६४१ रोपनी जग्गा र ६३ घरटहरामध्ये आवश्यकताका आधारमा प्रथम चरणमा १४७ दशमलव ६९ रोपनी जग्गा र १६ घरटहरा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

अन्तरराष्ट्रिय वित्त निगमलाई अर्थ मन्त्रालयले तोकेको शर्तमा २० मिलियन अमेरिकी डलर (करीब रु दुई अर्ब) बराबरको जारी गर्न स्वीकृति दिएको छ । ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन न्यायाधीकरणको पुनरावेदन सुन्ने अधिकारी पदमा स्याङ्जा आँधीखोलाका सत्यराज गुरुङलाई नियुक्त गरिएको सञ्चारमन्त्रीले जानकारी दिए ।

सरकारले जर्मनीको ह्यानोभरमा हुने चारदिने डोमोटेक्स मेलामा नेपाली गलैँचाको सहभागिताका लागि रु ४० लाख अनुदान नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घलाई उपलब्ध गराउने निर्णय गरेको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको कार्यविधि २०७६ कात्तिक ११ देखि लागू हुने गरी एक वर्ष थप गरिएको छ ।

तीन चरणमा दरबन्दी पूर्ति गर्ने गरी ४७ जिल्ला न्यायायाधीशको दरबन्दी थप गर्ने निर्णय गरिएको छ । सोअनुसार आर्थिक वर्ष २०७७÷७८ मा १५ र आव २०७८÷७९ मा १५ जिल्ला न्यायाधीशको दरबन्दी थपिने छ ।

दक्षिण कोरियाली उम ओङगिल र बेलायती कोलिन फिलिप स्मिथ (पुतली बाजे) लाई सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्ने निर्णय गरिएको छ । लोचनकुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।

बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७६ र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरेको छ । त्यस्तै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ स्वीकृत भएको छ । नेपाल भ्रमण वर्ष, २०२० कार्यक्रम सञ्चालन (पहिलो संशोधन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

गुल्मी दुबीचौरमा भएको दुर्घटनामा परी मुत्यु भएका सोही जिल्ला रेसुङ्गा नगरपालिका–१२ निवासी भूपाल बस्नेत, कृष्णबहादुर थापा र मेघबहादुर थापाका नजीकका हकदारलाई प्रतिव्यक्ति रुपाँच लाखका दरले क्षतिपूूर्ति दिने निर्णय भएको छ ।

प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथी दर्जामा पदोन्नति गरिएको छ । नेपाली सेनामा कार्यरत ६१ जना रथीबृन्द तथा अधिकृतको सरुवा गरिएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायसँगको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : २६ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– पाँच खेलको टी-ट्वेन्टी सिरिजको नेपालविरुद्धको पहिलो खेल वेस्टइन्डिज ‘ए’

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला