मेडिकल कलेजको ठगी विरुद्ध आन्दोलन गर्ने विद्यार्थीलाई होस्टेल पस्न निषेध ! « Khabarhub

मेडिकल कलेजको ठगी विरुद्ध आन्दोलन गर्ने विद्यार्थीलाई होस्टेल पस्न निषेध !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजले गरेको ठगीविरूद्ध आन्दोलन गर्दै आएका नेशनल मेडिकल कलेज विरगञ्जका विद्यार्थीहरुलाई प्रशासनले होस्टेल प्रवेशमा निषेध गरेको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताको माग गर्दै कलेज प्रशासन अगाडि धर्ना बसेका मेडिकल कलेजका विद्यार्थीलाई कलेज प्रशासनले होस्टेल प्रवेशमा रोक लगाएको हो ।

कलेजले प्रवेशद्वारमै ताला लगाएर एमबीबीएस प्रथम वर्षका झण्डै ८५ जना विद्यार्थीलाई होस्टलमा प्रवेश गर्न नदिएको एक पीडित विद्यार्थीले खबरहबलाई बताइन् ।

उनले भनिन्, ‘हामी अहिले होस्टल बाहिरको गेट अगाडि सडकमै बसेका छौं, हामी बाहिर निस्केको ९ घण्टा भएको छ।’

कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ताको लागि एक महिना अघिदेखि विद्यार्थीहरुले आवाज उठाउँदै आएका छन् ।

सरकारले अन्तिम अल्टिमेटम दिँदा समेत शुल्क फिर्ताको प्रक्रिया शुरू नगरेपछि विद्यार्थीहरुले आज दिउँसो कलेज अगाडि धर्ना दिएका थिए ।

कलेजले मेडिकल शिक्षामा गरेको ठगीको विरोध गर्दा आफूहरूलाइ राति समेत होस्टल प्रवेश गर्न नदिएको पीडित विद्यार्थीको गुनासो छ ।

‘सरकारले नै बढी लिएको शुल्क फिर्ता गर्नुभन्दा पनि कलेजले शुल्क फिर्ता गरेन, त्यसैले हामीले आज धर्ना दिएका हौं। धर्ना दिएको भनेर अहिले हामीलाई होस्टेल छिर्न दिएको छैन। मध्यरात हुन लाग्यो, हामी भोकै होस्टलको गेट बाहिर छौं’,एक विद्यार्थीले भनिन् ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ३३ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसीमा दिइसकेको छ ।

सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको आरोप छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : २० बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना