अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा « Khabarhub

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।

डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला भएका थिए । सङ्गीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्‍याली निकाले । उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो ।

अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना हुने ओलम्पिकको युवा संस्करण हो । सेनेगलमा आयोजना हुन लागेको यस प्रतियोगिताले अफ्रिकी युवाका लागि नयाँ अवसर र प्रेरणा दिने अपेक्षा गरिएको छ ।

‘लिन्गीर’मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताइन् । “अगाडि बढिरहेको र भविष्यतर्फ हेरिरहेको महादेशलाई विश्वसामु चिनाउन सेनेगल एउटा प्रवेशद्वार मात्र हो”, उनले भनिन् । 

सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले समारोहमा ओलम्पिक कल्ड्रन प्रज्वलित गरिन् । अन्तरराष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले यसलाई सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताइन् ।

ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योतिले सोमबारदेखि करिब तीन हजार ६०० किलोमिटर यात्रा गर्नेछ ।

४०० भन्दा बढी मशाल–बाहकसँगै यसले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्नेछ र उद्घाटन समारोहका लागि डाकार फर्कनेछ । रासस

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  २ : २७ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका