लाखौंको चामल गोदाममै कुहिँयो, सरकार मौन | Khabarhub Khabarhub

लाखौंको चामल गोदाममै कुहिँयो, सरकार मौन


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ ।

तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो ।

आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन कम्पनीको महानिर्देशक रहेका थिए । उनले ११ कातिकबाट अवकाश पाइसकेका छन् । हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले कम्पनीको सबै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीको गोदाममा लाखौंको मूल्यको चामल कुहिनुमा त्यहाँ कार्यरत कर्मचारीको चरम लापरबाही भएको पाइन्छ । यसका साथै सरोकारवाला निकाय वाणिज्य विभागदेखि आपूर्ति मन्त्रालयका सचिव र मन्त्रीसमेत जिम्मेवार बताइन्छ ।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेत उतिकै जिम्मेवार रहेको छ । कुनै सरकारी तथा निजी व्यापार कम्पनीका खाद्य गोदाम तथा भण्डारणमा राखेका खाद्यान्न वस्तुको गुणस्तर छ वा छैन भनेर अनुगमन गर्ने जिम्मा विभागको हो । तर, विभागले पनि कडाइका साथ अनुगमन गरेको देखिँदैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले गोदाममा थन्काएर राखेको खाद्यान्न गुणस्तरयुक्त भए नभएको बारे अनुगमन हुनुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : १० बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको