टी-१० क्रिकेट लिग : पारस र सन्दीपको टीम भिड्दै « Khabarhub

टी-१० क्रिकेट लिग : पारस र सन्दीपको टीम भिड्दै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टीमबीच प्रतिस्पर्धा हुँदैछ ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टीम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ मा शुरु हुनेछ ।

प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टीम जित निकाल्ने योजनासहित मैदान उत्रने छ । किनकी सुपर लिगमा दुवै टीमको प्रदर्शन खराब रहदै आएको छ ।

सन्दीपको टीम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा छ ।

आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् ।

यता, पारस भने सुरुवाती दुई खेलपछि टीम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०० बजे

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष

जागरण अभियान सञ्चालन गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा