विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो… « Khabarhub

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् ।

यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन् ।

विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उनले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहेका छन् । 

उनले भने, ‘बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।’

बाढीले सिमुटार–कोलनी पुल क्षणभरमा बगाएपछि कोलनीवासी ठूलो समस्यामा परेका थिए । आवतजावत गर्न सम्पर्क टुटेको थियो । 

प्रभावितको खोज र उद्धारमा समेत जटिलता आएको थियो । सुरुआती दिनमा हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । बाढीपूर्व पुलमार्फत सात–आठ मिनेटमा आवतजावत गर्न सकिने स्थान अहिले सात घण्टामा पनि पुगिँदैन ।

उनका अनुसार तुइन जडान भएपछि अहिले दैनिक पाँच सयसम्मलाई वारिपारि गराउनुपर्दछ । बाढीप्रभावितसहित अन्यलाई वारिपारि गर्न टोकन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बिरामी, बाढीमा आफन्त गुमाएका, अतिप्रभावित, महिला, बालबालिका तथा अत्यावश्यक सामग्री लैजान पहिलो प्राथमिकता दिइएको छ । उनले भने, ‘स्वयंसेवक भएर सेवा गर्न पाउँदा म खुसी छु, बाढीको पीडा सम्झन चाहन्न ।’

नेपाल रेडक्रस, संरक्षण विभागका प्रमुख दिव्यराज पौडेलले बाढी प्रभावित स्थानमा रेडक्रसका स्वयंसेवक अहोरात्र जुटिरेको जानकारी दिँदै स्वयंसेवक नेपालीको सेवा उदाहरणीय रहेको बताए । 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : ०६ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ