टोटेनहमलाई नयाँ खेलाडी आवश्यक नभएको प्रशिक्षक मोरिन्होको भनाई | Khabarhub Khabarhub

टोटेनहमलाई नयाँ खेलाडी आवश्यक नभएको प्रशिक्षक मोरिन्होको भनाई


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन् ।

‘सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन् । मलाई नयाँ खेलाडीहरु चाहिदैन । म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु,’ मोरिन्होले भने ।

मोरिन्हो क्लब आएसँगै जनवरीको विन्डो ट्रान्सफरमा टोटेनहमले नयाँ खेलाडी अनुबन्ध गर्ने आँकलन गरिएको थियो । तर, मोरिन्होले नयाँ खेलाडी अनुबन्ध नगर्ने बताए ।

मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०२ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक