६० हजार घुसमा बार्गेनिङ गर्ने सुब्बाविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

६० हजार घुसमा बार्गेनिङ गर्ने सुब्बाविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६० हजार घुसमा बार्गेनिङ गर्ने नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला अदालत पश्चिम रुकुम (रुकुमकोट)मा कार्यरत नायव सुब्बा रमेशकुमार खड्काविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाइृ जग्गा दाखिल खारेज दर्ता पूर्जि उपलब्ध गराउने कामका लागि नासु खड्काले सेवाग्राहीसँग ६० हजार घुस मागेका थिए ।

सेवाग्राहीले ६० हजार रुपैयाँ घुस दिन नसक्ने जनाएपछि बार्गेनिङ गर्दा गर्दै १५ हजारसम्म पुगेको थियो ।

सेवाग्राहीले नासु खड्काबाट घुस रकम माग भएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी गराएपछि खड्का पक्राउ परेका थिए ।

खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले खड्काविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गर्दै बिगो अनुसारको जरिवाना र ३ महिनासम्म कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : ५० बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो