६० हजार घुसमा बार्गेनिङ गर्ने सुब्बाविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा « Khabarhub

६० हजार घुसमा बार्गेनिङ गर्ने सुब्बाविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६० हजार घुसमा बार्गेनिङ गर्ने नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला अदालत पश्चिम रुकुम (रुकुमकोट)मा कार्यरत नायव सुब्बा रमेशकुमार खड्काविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाइृ जग्गा दाखिल खारेज दर्ता पूर्जि उपलब्ध गराउने कामका लागि नासु खड्काले सेवाग्राहीसँग ६० हजार घुस मागेका थिए ।

सेवाग्राहीले ६० हजार रुपैयाँ घुस दिन नसक्ने जनाएपछि बार्गेनिङ गर्दा गर्दै १५ हजारसम्म पुगेको थियो ।

सेवाग्राहीले नासु खड्काबाट घुस रकम माग भएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानकारी गराएपछि खड्का पक्राउ परेका थिए ।

खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले खड्काविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गर्दै बिगो अनुसारको जरिवाना र ३ महिनासम्म कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : ५० बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६