मासु खाँदा यी कुरामा पुर्‍याउनुस् ध्यान « Khabarhub

मासु खाँदा यी कुरामा पुर्‍याउनुस् ध्यान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछामासुलाई पोषणको श्रोत मानिन्छ । माछामासुमा हुने तत्वले मानिसको शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।

तर मासु धेरै खानु स्वास्थ्यका लागि लाभदायक भने हुदैन । अन्यथा यसले हाम्रो शरीरलाई हानी पु¥याउने गर्दछ । कतिपय अवस्थामा मासुको अत्याधिक सेवनले रोग समेत निम्त्याउन सक्छ ।

तसर्थ हामीले मासु खाँदा सिमित र स्वस्थ्य मासु मात्र खानुपर्छ । हामी १५ वटा टिप्सहरु दिँदैछौं, जसले कस्तो मासु कसरी खाने भन्ने जानकारी दिन्छ ।

१. सातामा ३/४ पटकसम्म बढिमा ४/५ पिसका दरले मात्र मासु खानुपर्छ ।

२. सकेसम्म मासु खादा झोल भएको खानुपर्छ वा स्वाद अनुसार हल्का भुटिएको मासु खानुपर्छ ।

३. मासुमा प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले छाला र बोसो रहित मासु खाने गर्नुपर्छ ।

४. रातो मासुमा बढी चिल्लो पदार्थ हुनेभएकाले कोलेस्टेरोलका बिरामि रातो मासु खानुहुदैन ।

५. केहि मानिस साधेर काँचो मासु खाने गर्दछन् तर काचो मासुले अपच हुने गर्दछ ।

६. मासु पकाउदा धेरै भुट्ने वा कालो हुने गरी पकाउनु हुदैन ।

७. सकेसम्म मासुको सट्टा माछा वा खसिको मासुको सट्टा पंक्षीको मासु खानुपर्छ ।

८. मासु किन्दा स्वस्थ्य पशुपक्षी  किन्ने र र घरमा राख्दा समेत सफा र स्वस्थ तरीकाले राख्नुपर्छ

९. मासु पकाउदा सफा पानीले राम्रोसंग पखालेर पकाउनु पर्छ ।

१०. पकाउन बाकि रहेको मासुलाई हावा नछिर्ने गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ ।

११. नुन नहाली तेलमा भुटेको मासुलाई समेत सेलाएपछि मात्र फ्रिजमा प्याक गरेर राख्नुपर्छ ।

१२. फ्रिजमा राखिएको मासु पुर्ण तातेपछि वा १० मिनेटभन्दा बढि तताएर मात्र खाने गर्नुपर्छ ।

१३. रातो मासुको सट्टा सकेसम्म सेतो मासु खानु स्वास्थ्यका लागी लाभदायि हुन्छ ।

१४. मासु खाँदा बोसो वा चिल्लो रहित खानुपर्छ, अन्यथा कोलेस्टेरोल बढाउँछ ।

१५. फ्राई गरेको मासुमा झन् चिल्लो पदार्थ थपिने भएकाले यसले शरीरलाई हानी पुग्ने गर्दछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : २२ बजे

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को