दोलखा कांग्रेसको वडा अधिवेशन : ७१ वडामा सम्पन्न, ३ वडाको बाँकी « Khabarhub

दोलखा कांग्रेसको वडा अधिवेशन : ७१ वडामा सम्पन्न, ३ वडाको बाँकी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।

शनिबार देखि सुरु भएको वडा अधिवेशन जारी रहेको छ । कांग्रेस दोलखाको शनिबार र आइतबार ७१ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले बताए।गौरीशंकर गाउँपालिकाको २ वडा र शैलुङ गाउँपालिकाको वडा नम्बर-५ बाहेक अन्य वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

अधिवेशन सम्पन्न भएका वडामध्ये भिमेश्वर नगरपालिकाका ९ वटै वडा, जिरी नगरपालिकाका ९ वटै वडा, वैतेश्वर गाउँपालिकाका ८ वटै वडा, मेलुङ गाउँपालिकाका ७ वटै वडा, तामाकोशी गाउँपालिकाका ७ वटा वडा र कालिञ्चोक गाउँपालिकाका ९ वटै वडा रहेका छन् ।

त्यसैगरी गौरीशंकर गाउँपालिकाका ९ वडामध्ये ७ वडाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडा नम्बर १ र २को अधिवेशन जारी रहेको कांग्रेसले जनाएको छ । 

शैलुङ गाउँपालिकाका ८ वडामध्ये ७ वडाको अधिवेशन सम्पन्न भएको छ। शैलुङका वडा नम्बर ५ को अधिवेशन महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि स्थगित गरिएको नेपाली कांग्रेस शैलुङले जनाएको छ ।

शैलुङ -५ को अधिवेशन भोलि ६ गते हुने छ । त्यसैगरी विगु गाउँपालिकामा ८ वटै वडाको अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशन सम्पन्न भएपछि नेपाली कांग्रेसको पालिका अधिवेशन असोज ७ गते गर्ने तयारी रहेको नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति छवि लामाले बताए । शुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ५३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा