केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली « Khabarhub

केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गते रसुवामा गएको बाढीका क्रममा बागमती प्रदेश सरकार र स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले विपद्का बेला बागमती प्रदेश सरकार र स्थानीय तहले महत्त्वपूर्ण काम गरेको बताए । उनले केन्द्र सरकारले गर्नुपर्ने केही महत्त्वपूर्ण काम भने गर्न नसकेको उल्लेख गरे ।

‘बागमती प्रदेश सरकार र स्थानीय सरकारलाई म धन्यवाद दिन चाहन्छु । किनभने बेली ब्रिजलगायतका काम केन्द्र सरकारले राख्यो भनेर भ्रम फैलाइयो, एआईको फोटो जोडेर हालियो । तर, बागमती प्रदेश सरकारले एक जिल्लाबाट अर्को जिल्लामा विपद्का कारण भएको क्षतिलाई जोड्ने काम गरेको छ,’ ओलीले भने ।

उनले विपद्का बेला स्थानीय सरकारको भूमिकाको पनि प्रशंसा गरे । 

‘स्थानीय सरकारको पनि म प्रशंसा गर्न चाहन्छु । पालिका उपाध्यक्ष नै हराइरहेको बेलामा पनि स्थानीय सरकारले विपद्को बेला प्रशंसनीय काम गरेको छ । हाम्रा एमालेका नेता–कार्यकर्ताले पनि उत्तिकै खट्नुभयो,’ ओलीले भने ।

भदौ १० गते रसुवामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुईजना वडाध्यक्ष अझै बेपत्ता छन् । बाढीपछि जिल्लाका थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेका छन् । सरकारले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ५४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा