‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’ « Khabarhub

‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा तयार नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअघि उनले महामारीसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न विश्व नेताहरूलाई आग्रह गरे।

सामाजिक सञ्जाल एक्समार्फत सोमबार सन्देश दिँदै उहाँले महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि प्रतिबद्धता नवीकरण गर्नुपर्ने बताए।

‘राजनीतिक घोषणा स्पष्ट छ—विश्व अपर्याप्त रूपमा तयार छ’, उनले भने। महामारी सम्झौताअन्तर्गत रोगजनकमा पहुँच तथा त्यसबाट प्राप्त लाभ बाँडफाँटसम्बन्धी अनुसूची पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए।

संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत २२ देखि २८ सेप्टेम्बरसम्म आमबहस हुँदैछ । महासभाको ८१औँ सत्रको विषय ‘विश्वास पुनःस्थापना, रूपान्तरण व्यवस्थापन सबैका लागि उपलब्धि सुनिश्चित गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । बंगलादेशका खलिलुर रहमानले सत्रको अध्यक्षता गरिरहेका छन् ।

उच्चस्तरीय सप्ताहमा महामारीसँगै विश्वव्यापी द्वन्द्व, विकास, जलवायु परिवर्तन र मानवीय चुनौतीबारे छलफल हुनेछ । सेप्टेम्बर २५ मा महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठक आयोजना हुँदैछ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ५२ बजे

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही