केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’ « Khabarhub

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका ईश्वर पोखरेलले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । पोखरेलले आफू श्रीमतीको उपचारमा रहेकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् ।

पत्रमा पोखरेलले ओलीलाई सम्मानजनक हिसाबमा बिदा हुन आग्रह गरेका हुन् । ‘पार्टी जटिल अवस्थामा छ । जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न,’ ईश्वरले लेखेका छन्, ‘यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’

पोखरेलले ओलीसँग माफी माग्दै एघारौँ महाधिवेशनमा भनेका आफ्ना भनाइहरु सम्झिएका छन् । त्यसबेला ओलीले ती भनाइहरूलाई नमिठो मानेको उदृत गर्दै पोखरेले पार्टीमा जेजे गर्नु छ विधि प्रक्रिया बमोजिम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ३ : ०३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका