विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो « Khabarhub

विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिल र बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

विश्लेषक भरतमणि दाहालको हकमा डेनिका दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।

रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?’ भन्दै विपक्षीका नाममा आदेश भएको हो ।

आदेशमा निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने भए त्यसका आधार र कारणसहित आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

सर्वोच्चले निर्धारित अवधिभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि मुद्दालाई नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ तथा अधिवक्ताहरू युवराज कोइराला, शान्ति ढुंगाना, शुभाष सिंह धामी र निकेश धितालले बहस गरेका थिए।

राजनीतिक विश्लेषक दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट ४ असोज बिहान पक्राउ गरेको थियो ।

उनी पछिल्लो समय वालेन्द्र शाह सरकारका विरुद्ध सार्वजनिक रुपमा बोलिरहेका थिए । साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको थियो । दाहालविरुद्ध ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ४४ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी