ट्राफिक स्वयंसेवकमा कानूनका विद्यार्थी परिचालित « Khabarhub

ट्राफिक स्वयंसेवकमा कानूनका विद्यार्थी परिचालित


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका रुपमा कानून संकायका विद्यार्थीहरुलाई परिचालन गर्ने भएको छ ।

ट्राफिक व्यवस्थापनमा सुधार तथा नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जनचेतना जगाउन कानूनका विद्यार्थीलाई परिचालन गर्न लागिएको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरुलाई परिचालन गर्न लागिएको जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमका बीच परिचालन हुने विद्यार्थीहरुलाई ट्राफिक प्रहरीले प्रशिक्षण समेत दिएको थियो । अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालित हुने छन् ।

ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ०० बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,