महेश बस्नेतको दाबी- केहीले आलोचना गरेपनि अधिकांश सदस्यले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्नुभयो « Khabarhub

महेश बस्नेतको दाबी- केहीले आलोचना गरेपनि अधिकांश सदस्यले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्नुभयो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगायतका विषयका धारणा राखेका छन् ।

मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरूले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले केही सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरे पनि अधिकांश सदस्यहरूले समर्थन गरेको दाबी गरे ।

अध्यक्षको प्रतिवेदनले वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको सही विश्लेषण गरेको, पार्टीभित्रका समस्या उजागर गरेको र वर्तमान सरकारका गलत क्रियाकलापको सही व्याख्या गर्दै भावी कार्यदिशा तय गरेको उनले बताए । 

उनले पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै उनले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको उल्लेख गरे । 

उनले पार्टीलाई कार्यकर्तामा आधारित पार्टीको रूपमा व्यवस्थित गर्दै सङ्गठनात्मक संरचना र जनसङ्गठनहरूलाई थप मजबुत बनाइने बताए । 

एमालेलाई थप एकताबद्ध, सुदृढ, बलियो नेतृत्वसहितको सशक्त र सुधारिएको पार्टीका रूपमा स्थापित गर्ने संकल्पका साथ बैठक सम्पन्न हुने सचिव बस्नेतले बताए । एमाले केन्द्रीय कमिटी बिहीबार सम्पन्न हुने बताइएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : ४९ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी