काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र डीएसपी दिपेश बस्याल अमेरिका गएका छन्।
प्रधानमन्त्री नेतृत्वको टोलीलाई विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’ले बिदाइ गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने परराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका सचिव र सहसचिवसहितको टोली भने यसअघि नै अमेरिका प्रस्थान गरिसकेको छ।
महासभाका क्रममा उनले नेपालका तर्फबाट विश्व समुदायसमक्ष धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





















प्रतिक्रिया