नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि हातपात, स्थिति तनावपूर्ण « Khabarhub

नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि हातपात, स्थिति तनावपूर्ण


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुल्कको विषयलाई लिएर विरगञ्जको नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि हातपात भएपछि स्थित तनापूर्ण बनेकाे छ ।

आन्दोलनरत विद्यार्थीमाथि सिनियर विद्यार्थीहरुले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

कलेजका एक विद्यार्थीका अनुसार एमबीबीएस प्रथम वर्षका विद्यार्थीले कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै कलेज प्रशासन अगाडि नाराबाजी गरेपछि कलेज संचालकले आफ्नो संरक्षणमा रहेका विद्यार्थी नै प्रयोग गरेर विद्यार्थीमाथि हातपात गराएका हुन् ।

शुल्क फिर्ताको माग गर्दा सिनियर ब्याजका छात्रहरू लगाएर आफूहरूमाथि हातपात गरेको भन्दै आन्दोलनरत छात्राहरूले सुरक्षाको माग गरेका छन् ।

आफ्नै कलेजमा सुरक्षा नभएको भन्दै विद्यार्थीहरू जिल्ला प्रशासन कार्यलय पुगेको उनले जानकारी दिइन् ।

उनले भनिन् ” विद्यार्थीहरूले हिजो शुल्क फिर्ताको माग गर्दै धर्ना बस्दा राति बजेसम्म होस्टल छिर्न दिइएन, शुल्क फिर्ताका लागि दवाव दिन विद्यार्थीले आज पनि धर्ना दिएका थिए, कलेज संचालकले आफ्नो संरक्षणमा राखेका विद्यार्थी परिचालन गरेर हामीमाथि हातपात गरे ।”

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ५५ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसिमा दिइसकेको छ ।

सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको गुनासो छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ५६ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने