पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण « Khabarhub

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । यहाँको दक्षिण क्षेत्रमा रहेको पालिकामा दोदा नदीले क्षति पुर्याउँदै आएको छ भने वर्षात्का समयमा डुबानलगायतका समस्याका पालिकाका नागरिक प्रभावित हुने गरेको पुर्नबास नगरपालिकाले जनाएको छ ।

विपद् तथा बाढीका बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई एक थान रवर बोट र दश थान ‘लाइफ ज्याकेट’लगायतका उद्धार सामग्री नगरपालिकाले उपलब्ध गराएको सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनले उक्त सामग्री पुनर्वासमै रहेको सशस्त्र प्रहरी बलको बिओपीलाई हस्तान्तरण गरिएको बताए ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले मङ्गलबार पुर्नबास नगरपालिकामा सीमावासीसित अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाबीच सीमा क्षेत्रमा देखिएका समस्या, लागुऔषध नियन्त्रण, तस्करी, मलखाद अभाव, सीमा विवाद तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले जनाएको छ ।

स्थानीयहरूले भारतबाट घरायसी प्रायोजनका लागि सर्वसाधारण नागरिकले ल्याउने सामान्य सामानमा धेरै दुःख दिन नहुने धारणा राखेका थिए । अखाद्य वस्तु तथा तस्करीजन्य सामग्री हो या होइन छुट्याएरमात्रै कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् । स्थानीय बजार नै बन्द हुने अवस्था सृजना भएको बताउँदै नेपालमा खोर र भारतबाट कुखुरा ल्याउनेजस्ता गतिविधिमा नियन्त्रण गर्न सशस्त्र प्रहरीले जोड दिनुपर्ने सुझाव दिएका छन् । यस्तै लागूऔषध नियन्त्रणमा जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले कञ्चनपुरमा हाल चारवटा सीमा सुरक्षा पोस्ट (बीओपी)मा नयाँ भवन निर्माण भइसकेको र आगामी वर्ष थप तीनवटा बीओपीमा नयाँ भवन निर्माण हुने प्रक्रिया अघि बढेको जानकारी दिए । उनले व्यक्तिगत प्रयोजनका लागि पाँचसय रुपैयाँभन्दा बढी मूल्यका सामान नल्याउन आग्रह गर्दै विवाह, पूजा वा अन्य बहानामा हुने तस्करी नियन्त्रण गरिने स्पष्ट पारे ।

खराब नियतका सुरक्षाकर्मीमाथि तत्काल कारबाही हुने बताउँदै किसानलाई आवश्यक मल ल्याउन सहजता दिइने तर तस्करीमा संलग्नमाथि कडा कारबाही गरिने बताए । गत वर्ष असारको तुलनामा यस वर्ष ६५ प्रतिशत राजस्व वृद्धि भएको जानकारी दिँदै पत्रकारलाई पुराना तस्बिर प्रयोग नगर्न र आवश्यक परे नयाँ तस्बिर माग्न आग्रह गरे । सीमा विवाद समाधानका लागि दुवै देशका प्राविधिक टोलीले काम गरिरहेको र विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गरी काम भइरहेको उनले बताए । साथै, विपद् स्वयंसेवक परिचालन तथा ‘लुना एप’ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए ।

कार्यक्रमका पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले सर्वसाधारणले दैनिक उपभोगका सामान्य घरायसी सामान भारतबाट ल्याउँदा सहज वातावरण बनाउन आग्रह गरे । तस्करी, अखाद्य वस्तु, मदिरा तथा अन्य अवैध सामानमाथि भने कडाइ गर्नुपर्नेमा उनले जोड दिए । उनले लागूऔषध पुनर्वासका लागि गम्भीर चुनौती बनेको बताउँदै केही स्थानीय युवा यसको चपेटामा परेको बताए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ०८ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल