राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण « Khabarhub

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने तयारी भइरहेका बेला मंगलबार राति रुस र युक्रेनले एकअर्काका पूर्वाधारलाई निसाना बनाउँदै आक्रमण गरेका छन् ।

युक्रेनमाथि मंगलबार भएका रुसी आक्रमणमा चारजनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

दक्षिण–पूर्वी क्षेत्र निप्रोपेत्रोभस्कका गभर्नर ओलेक्सान्डर हान्झाले टेलिग्राममार्फत निप्रो, क्रिभी रिह र पाभ्लोह्राद सहरमा आक्रमण भएको थियो । आक्रमणमा एन्टी–सिप तथा ब्यालिस्टिक क्षेप्यास्त्र, चारवटा क्रुज क्षेप्यास्त्र र २१२ वटा ड्रोन प्रयोग गरिएको उनले बताए ।

निप्रोपेत्रोभस्क युक्रेनको प्रमुख औद्योगिक क्षेत्र हो । यहाँ स्टिल उत्पादन र मेसिन निर्माणलगायत ठूला उद्योगहरू छन् । निप्रो सहरमा चारजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । 

यसैगरी युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रुसको सामारा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सामारा तेल प्रशोधन केन्द्रसहितका महत्वपूर्ण औद्योगिक सुविधाका लागि परिचित क्षेत्र हो ।

रुसको रक्षा मन्त्रालयले रातभर देशका विभिन्न क्षेत्रमा २९७ वटा युक्रेनी ड्रोन निष्क्रिय पारेको जनाएको छ । सामारा रुसी राजधानी मस्कोबाट करिब १ हजार किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ५५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका