जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’ « Khabarhub

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सङ्कटले विश्वलाई गम्भीर जोखिमतर्फ धकेलिरहेको बताएका छन्। उनले नेपालसहितका हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने क्रमप्रति चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको सामान्य बहस उद्घाटनका क्रममा मङ्गलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट आफूले दिएको जलवायु परिवर्तनसम्बन्धी चेतावनी स्मरण गरे। उनले त्यसबेला हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छानो भत्किँदै गएको’ चेतावनी दिएको उल्लेख गरे।

उनले त्यतिबेला आफूले दिएको चेतावनीलाई केहीले अतिरञ्जित माने पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा चाँडो, गम्भीर र व्यापक रूपमा देखिन थालेको स्पष्ट गरेको बताए। उनले नेपालमा गत भदौ १० गते गएको भीषण बाढीतर्फ इंगित गर्दै विश्वलाई चेतावनी पनि दिए ।

गुटेरेसले जलवायु सङ्कटलाई वर्तमान पुस्ता र भावी पुस्ताबीचको सबैभन्दा गम्भीर असन्तुलनका रूपमा व्याख्या गरे। अहिलेको पुस्ताले प्राकृतिक स्रोतको अत्यधिक दोहन गरिरहँदा त्यसको ठूलो मूल्य भावी पुस्ताले चुकाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन्।

जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गरेका समुदाय र मुलुकले नै यसको असर सबैभन्दा पहिले र गम्भीर रूपमा भोगिरहेको उनले बताए।

उनले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य गम्भीर जोखिममा परेको उल्लेख गर्दै उत्सर्जन कटौतीमा तत्काल र तीव्र कदम चाल्न विश्व समुदायलाई आग्रह गरे।

महासचिव गुटेरेसले जलवायु परिवर्तनसँग जुध्न विकासशील मुलुकलाई थप आर्थिक सहयोग आवश्यक रहेको बताए।

जलवायु अनुकूलनका लागि विकसित मुलुकले उपलब्ध गराउने वित्तीय सहयोग उल्लेख्य रूपमा बढाउनुपर्ने तथा जलवायुजन्य क्षति र नोक्सानी बेहोर्ने मुलुकलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

उनले जलवायु सङ्कटका लागि बढी जिम्मेवार प्रदूषकले बढी जिम्मेवारी लिनुपर्ने धारणा राख्दै ‘प्रदूषकले तिर्नुपर्छ’ भन्ने सिद्धान्तलाई कार्यान्वयनमा लैजानुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : ४८ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ