भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत « Khabarhub

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए। 

उनले प्रणालीगत तरलतालगायत विषयमा विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताए।

छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिएका थिए । उनीहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु स्वागत भए पनि त्यसबाट नेपाललाई हुने लाभ र सुरक्षित कारोबारबारे स्पष्ट हुनुपर्नेमा जोड दिए ।

सो विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सभामुख डोलप्रसाद अर्यालले सदस्यहरूलाई जानकारी गराएका छन् ।

सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका गएकाले प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा. वाग्लेलाई तोकिएको पत्रको व्यहोरा पढेर सुनाइएको थियो । बैठक जारी छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : ३२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ