रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार « Khabarhub

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ।

कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए।

घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र सहयोगमा बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। खोलामा फसेको बसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ११ : २० बजे

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने