चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो « Khabarhub

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख २२ हजार पुगेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनासम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा उल्लेखनीय वृद्धि भए तापनि कुल व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख ४३ हजार पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले ४०१ अर्ब ५१ करोड ८९ लाख ८३ हजार बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८२र८३ को सोही अवधिको ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको तुलनामा ३१.५८ प्रतिशतले बढी हो । त्यसैगरी निर्याततर्फ अघिल्लो वर्षको सोही अवधिको ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको तुलनामा ६१.८६ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५८ करोड ७५ लाख ३९ हजार पुगेको छ ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १६.०२ प्रतिशत पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल व्यापारमा आयात र निर्यातको हिस्सा क्रमशः ८६.५८ प्रतिशत र १३।४२ प्रतिशत रहेको थियो, जस अनुसार आयातको हिस्सामा ३ प्रतिशतको कमी र निर्यातको हिस्सामा १९.३३ प्रतिशतको सुधार आएको देखिन्छ । 

यसैगरी आयात(निर्यात अनुपात अघिल्लो वर्षको ६.४५ को तुलनामा १८.७१ प्रतिशतले घटेर ५.२४ मा झरेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनासम्ममा आयातित वस्तुहरूबाट भन्सार विभागले कुल ८९ अर्ब ८० करोड १९ लाख ५३ हजार भन्सार राजस्व संकलन गरेको छ । 

समीक्षा अवधिमा सबैभन्दा बढी मूल्यको आयात कच्चा भटमासको तेलको भएको छ, जसअन्तर्गत २१ करोड ८४ लाख २ हजार ६७७ लिटर भटमासको तेल ३८ अर्ब ५ करोड २८ लाख ५५ हजार मूल्यमा आयात भई ९५ करोड ६६ लाख ८४ हजार राजस्व संकलन भएको छ ।

सो अवधिमा पेट्रोलियम पदार्थतर्फ १ लाख ८५ हजार ४५६ किलोलिटर डिजेल २८ अर्ब ३ करोड ९८ लाखमा आयात हुँदा ६ अर्ब ९८ करोड ८९ लाख ११ हजार राजस्व प्राप्त भएको छ भने १ लाख २५ हजार ४९७ किलोलिटर पेट्रोल १६ अर्ब १३ करोड ३७ लाख २९ हजारमा आयात भई ५ अर्ब ३० करोड २३ लाख ४६ हजार राजस्व संकलन भएको छ । 

यसैगरी ११ करोड ७१ लाख ६८ हजार ८६ किलोग्राम खाना पकाउने ग्यास (एलपीजी) १६ अर्ब २ करोड ६५ लाख १० हजारमा आयात हुँदा २ अर्ब ९८ करोड ८९ लाख ९० हजार राजस्व प्राप्त भएको छ भने ३३ हजार किलोलिटर हवाई इन्धन ५ अर्ब २२ करोड ८ लाख ३ हजारमा आयात भई ७५ करोड ६९ लाख ३१ हजार राजस्व संकलन भएको छ ।

११ करोड २ लाख ४० हजार किलोग्राम युरिया मल १३ अर्ब ८ करोड १८ लाख ९७ हजारमा आयात भएको छ, जसबाट ३ हजार राजस्व उठेको छ भने ७ करोड ३९ लाख ९५ हजार किलोग्राम डीएपी मल ११ अर्ब ३७ करोड ५ लाख ३८ हजारमा आयात हुँदा २ हजार राजस्व संकलन भएको छ ।

औद्योगिक तथा निर्माण सामग्रीतर्फ २३ करोड ६१ लाख ६५ हजार १९० किलोग्राम फलामका प्राथमिक उत्पादनहरू १० अर्ब १९ करोड २८ लाख ४८ हजारमा आयात भई १ अर्ब ४४ करोड ३ लाख ११ हजार राजस्व संकलन भएको छ ।

यसैगरी ४ लाख २५ हजार ४० थान स्मार्टफोन ९ अर्ब ७४ करोड ३६ लाख ६० हजारमा आयात हुँदा १ अर्ब ८१ करोड ७६ लाख ८० हजार राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ७६ अर्ब ५८ करोड ७५ लाख ३९ हजार बराबरका स्वदेशी वस्तुहरू निर्यात भएका छन् ।

निर्यात भएका प्रमुख वस्तुहरूमा प्रशोधित भटमासको तेल अग्रस्थानमा रहेको छ, जसअन्तर्गत १४ करोड ८४ लाख ८ हजार ५३२ किलोग्राम प्रशोधित भटमासको तेल ३६ अर्ब ४ करोड ६१ लाख ९८ हजार मूल्यमा निर्यात भएको छ ।

अन्य प्रशोधित तेलतर्फ ९२ लाख ४३ हजार ५६७ लिटर प्रशोधित सूर्यमुखी तेल २ अर्ब ८ करोड ५३ लाख ४८ हजारमा र ५० लाख ३९ हजार ४११ लिटर प्रशोधित पाम ओलिन १ अर्ब ९३ करोड १७ लाख ६१ हजारमा निर्यात भएको छ ।

समीक्षा अवधिमा वस्त्र, कपडा तथा हस्तकलातर्फ २ करोड ९९ लाख ५७ हजार १४१ वर्गमिटर जुटको अनब्लिच गरिएको कपडा २ अर्ब २३ करोड ४९ लाख ९६ हजार, ५० हजार ९७६ वर्गमिटर उनी गलैँचा १ अर्ब ७६ करोड ७४ लाख ९८ हजार र ३ लाख ६४ हजार ८२७ किलोग्राम फेल्टजन्य वस्तुहरू १ अर्ब ४० करोड ५३ लाख ६० हजारमा निर्यात भएका छन् । 

धागो उत्पादनतर्फ ४२ लाख ४४ हजार ४४२ किलोग्राम पोलिएस्टर यार्न १ अर्ब ३६ करोड ८ लाख २८ हजार र ५१ लाख २ हजार १४ किलोग्राम सिंगल यार्न १ अर्ब ३० करोड २४ लाख ७५ हजार मूल्यमा निर्यात भएको छ । 

यसैगरी कृषि तथा अन्य प्रशोधित उत्पादनतर्फ ९ लाख ७ हजार ५५५ किलोग्राम ठूलो अलैँची १ अर्ब ६५ करोड ३४ लाख ६३ हजार, ३६ लाख १२ हजार २६ किलोग्राम कालो चिया ९९ करोड १२ लाख ६८ हजार र १८ लाख ४३ हजार ६७७ किलोग्राम स्टेनलेस स्टिलका भान्साजन्य सामग्रीहरू रु। १ अर्ब ३४ करोड ५९ लाख ७ हजार बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : २६ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम