राष्ट्रिय भलिबल टोलीमा सलिनाको उच्च सफलता | Khabarhub Khabarhub

राष्ट्रिय भलिबल टोलीमा सलिनाको उच्च सफलता



काठमाडौं- अहिले महिला भलिबल टोली नयाँ पुस्तामा हस्तान्तरण भइसकेको छ । महिला भलिबल टोली नयाँ पुस्तामा सरेसँगै पहिलो सफलता पनि हात पारिसकेको छ ।

बंगलादेशमा केही दिन अगाडि सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) को एतिहासिक स्वर्ण जित्दै नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय पदकमा ‘डेब्यु’ गरेको छ ।

यसलाई निरन्तरता दिने लक्ष्यमा नेपाली महिला भलिबल टोली आउँदो बुधबारदेखि शुरु हुन लागेको सागमा स्वर्ण जित्ने लक्ष्यमा छ । साग तथा एभिसीका लागि प्रारम्भिक टोलीको छनोट गर्दा भलिबल टोलीले निकै धेरै नै आलोचना खेप्नु परेको थियो ।

भलिबल संघले ६ जना सिनियर खेलाडीहरुलाई टिमबाहिर राख्दै नयाँ खेलाडीलाई सागको बन्द प्रशिक्षणमा बोलाउँदा धेरै खेलाडीहरुले पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा पर्ने अवसर पाएका थिए ।

त्यसैमध्यकी थिइन्, सलिना श्रेष्ठ । लिब्रोका रुपमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकि सलिनाले राम्रो प्रदर्शन गर्दै सिनियर टोलीको पहिलो रोजाइमा पर्न सफल भइन् ।

सलिना राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको यो पहिलो पटक थिएन । तेस्रो पल्ट थियो । यसअघि पनि लगातार बन्द प्रशिक्षणमा परेर टिमबाट बाहिरिएको अनुभव उनमा अझै ताजै छन् ।

स्कुलमा भलिबल खेल्दा नै उनले राष्ट्रिय टोलीमा पर्ने, पहिलो रोजाइमा खेल्ने सपना देखेकी थिइन । त्यो सपना अहिले पुरा भएको उनी बताउँछिन् । तर, अब उनी नयाँ सपना देख्न थालेकि छन् ।

सलिनाको अबको लक्ष्य र पहिलो सपना हो, दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण जिताउने ।

‘पहिला टोलीमा पर्न कै लागि संघर्ष गर्थे अहिले टोलीसम्म आइसकेकी छु । अब नेपाललाई सागमा स्वर्ण जिताउने लक्ष्य छ,’ होचो कदकी उनी भन्छिन्,‘मेरो हाइट (शरीरको उचाई) टिमका अन्य साथिहरुभन्दा कम छ । तर, म अहिले जहाँ छु त्यहाँसम्म पुर्‍याउने पनि यहिँ उचाई हो । मलाई खेल्न पनि सजिलो हुन्छ ।’

भलिबल यस्तो खेल हो, जहाँ लामो उचाई भएका खेलाडी खोजि खोजि टिममा राखिन्छ । उचाई धेरै भएका खेलाडीले राम्रो खेल्छन् भन्ने विश्वास पनि छ । तर, साग खेल्ने टोली छनोटको शुरुवाती दिनमा राष्ट्रिय महिला टोलीका प्रशिक्षक जगदिश भट्टले पनि भनेका थिए, ‘अहिले टोलीमा अग्लो ‘हाइट’ भएका खेलाडी हुँदा पनि नेपाललाई सागमा फाइदा हुनेछ ।’

तर, यहिँ खेलमा एक यस्तो ‘पोजिसन’ छ, जसमा जति कम उचाईको खेलाडी भयो त्यति राम्रो मानिन्छ । त्यो हो, ‘लिब्रो’ । हो सानो कदकी सलिना यहिँ पोजिसनमा खेल्छिन् । साग खेल्ने टोलीमा उनी एकमात्रै लिब्रो टोलीमा छिन् । यसले पनि उनको खेलको चर्चा हुने गर्दछ ।

सलिनासँग हाइट कम हुँदा केही पहिलेसम्म निकै पीडा महसुस हुन्थ्यो । जतिबेला उनलाई उनको हाइटकै कारण अरुले जिस्काउँथे । तर, अहिले उनी आफ्नो हाइटसँग सन्तुष्ट छिन् ।

‘मेरो हाइट साँच्चिकै सानो छ । पहिला–पहिला मान्छेहरु जिस्काउँथे । पीडा पनि महसुस हुन्थ्यो । तर, अब अहिले केही लाग्दैन्,’ श्रेष्ठले भनिन्,‘ अहिले सबैले चिन्छन् । राष्ट्रिय टोलीसम्म आउन सकेकी छु । म यहाँसम्म पुग्नुमा मेरो उचाईले पनि साथ दिएको छ । सन्तुष्ट छु म अहिले ।’

औपचारिक खेलमा पहिलो विदेश भ्र्रमण गरेकि सलिना बंगलादेश भ्रमणमा आफुले सोचे जति राम्रो खेल्न नसकेपनि समग्रमा टुर राम्रै भएको बताउँछिन् ।

‘भ्रमण राम्रै भयो । त्यहाँ सोचेको जस्तो गर्न त सकिन । तर, पनि हामीले जित्यौं, खुसी लागिरहेको छ,’ सलिनाले भनिन्,‘साथि र गुरुले सहयोग गर्नुभयो ।’

नेपालको चर्चित भलिबल क्लब ‘न्यू डाइमण्ड’की उत्पादन हुन, सलिना । उनले लामो समय न्यू डाइमण्डबाट खेल्दै आएकी थिइन् । न्यू डाइमण्डमा रहँदा क्लबलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्दै आएकी सलिना अहिले राष्ट्रिय टिमको मेरुदण्डका रुपमा छिन् ।

काठमाडौं चाल्नाखेल घर भएकी सलिनालाई आमाले भलिबल नखेल भनेको अहिले उनी सम्झन्छिन् । ‘उचाई कम भएकाले इन्जुरी हुन्थ्यो । त्यसैले घरबाट पनि भलिबल नखेल भन्नुहुन्थ्यो । ममिहरुले नखेल खेलेर के काम भन्नुहुन्थ्यो,’ उनले खबरहबसँग भनिन् ।

स्कुलमा ७ कक्षा पढ्दादेखि भलिबल खेल्न थालेको बताएकी सलिना भलिबलका लागि आफ्नो विद्यालय न्यू डाइमण्डलाई मान्छिन् ।

‘न्यू डाइमण्डबाट मलाई धेरै सहयोग भयो । कुमार सरले धेरै मेहनत गर भन्नुहुन्छ,’ न्यु डाइमण्डका प्रशिक्षक कुमार राईको सुझावले लिब्रो बनेको बताउँदै उनले थपिन्, ‘म पहिलै देखि डिफेन्समा राम्रो खेल्थे । त्यसैले कुमार सरले तिमी लिब्रो बन्छौं भन्नुहुन्थ्यो ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ४३ बजे

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने

ओलीजीले ११ औँ महाधिवेशनबाट बिदा लिनुपर्छ : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले नेतृत्व परिवर्तनको पक्षमा

नागरिकको छातीमा दागेको गोलीको जिम्मा राज्यले किन लिँदैन ?

काठमाडौं- भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनमा प्रदर्शनकारीको टाउको, छाती