चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे। उनले सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराई जनतालाई राहत दिन आग्रह गरे।

सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपालसम्बन्धी प्रकाशित समाचारबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

सांसद मदनकुमारी शाह(गरिमा)ले जापानका लागि राजदूत सिफारिस भएका व्यक्तिको जापानमा ‘पीआर’ रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेकी छन्।

सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार तथा जनताको सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रलक्ष्मी गैरेले केही दिनअघि त्रिपुरेश्वर चोकमा चालकसँग भएको विवादपछि चालकले आत्मदाह गरेको घटनाबारे सरकारसँग स्पष्ट जानकारी माग गरे। उनले यस्तो अवस्थामा राज्यका निकायले संवाद र समन्वयमार्फत समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए 

सांसद सुरेशकुमार आलेमगरले भोटेकोशीमा आएको बाढी जलवायु परिवर्तनका असरका कारण भएको उल्लेख गर्दै जलवायु अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी जनजातिसँग रहेका सीप, ज्ञान र अनुभवको उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  २ : ३५ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा