खोरेतको खोप गोठगोठमै खोप « Khabarhub

खोरेतको खोप गोठगोठमै खोप


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखिनै खोप लगाउन सुरु गरियो । सोबाहेकका १३ वटा पालिकामा बिहीबारदेखि खोप लगाइँदैछ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले खोप लगाउने अभियानअन्तर्गत जिल्लाका एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने लक्ष्य लिइएको बताए।

उनले कनकाई, कचनकबल, हल्दिबारी र मेचीनगरमा छ हजार ८४८ गाईभैँसीलाई खोप लगाइसकिएको जानकारी दिए । खोप अभियानअन्तर्गत फार्म र गोठमै पुगेर खोप लगाउन १५ वटै पालिकामा १२१ जना दक्ष प्राविधिक परिचालन गरिएको छ ।

असोज १५ गतेसम्ममा सबै १५ वटै पालिकाका ८० प्रतिशत गाईभैँसीलाई खोप लगाइसक्ने योजना बनाइएको उनले बताए। खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप र त्यसका लागि आवश्यक सामानग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ ।

यसअघि झापामा खोरतविरुद्ध चौथो चरणको अभियान सम्पन्न भइसकेको छ ।
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा