बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी « Khabarhub

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव अधिकार संरक्षण तथा सुरक्षा निकायको जवाफदेहितासम्बन्धी व्यवस्था कमजोर बनाएको ह्युमन राइट्स वाचले जनाएको छ ।

संस्थाका अनुसार नयाँ कानूनले राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को स्वतन्त्रता र अनुसन्धान अधिकार सीमित गरेको छ । अन्तरिम सरकारले जबरजस्ती बेपत्ता, गैरन्यायिक हत्या र यातनाजस्ता घटनाको अनुसन्धान गर्न आयोगलाई थप अधिकार दिएको भए पनि नयाँ कानूनमार्फत तीमध्ये केही अधिकार हटाइएको संस्थाको दाबी छ ।

आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया तथा बजेट र प्रशासनिक स्वतन्त्रतामा समेत सरकारी प्रभाव बढाइएको ह्युमन राइट्स वाचले जनाएको छ ।

सेप्टेम्बर ६ मा पारित जबरजस्ती बेपत्ता रोकथाम तथा निवारण ऐनले आयोगको प्रत्यक्ष अनुसन्धान तथा गोप्य हिरासतस्थलको अनुगमन गर्ने अधिकार सीमित गरेको र कमान्ड जिम्मेवारीसम्बन्धी कानूनी व्यवस्थासमेत परिवर्तन गरेको संस्थाले जनाएको छ ।

त्यस्तै, सेप्टेम्बर १० मा संसद्ले अर्धसैनिक बल ¥यापिड एक्सन बटालियन (आरएबी) को नाम परिवर्तन गरी स्पेसल रेस्पोन्स बटालियन (एसआरबी) बनाउने कानून पारित गरेको छ । आरएबीका कर्मचारी, अधिकार, सम्पत्ति र अभिलेख एसआरबीमा हस्तान्तरण गरिएको तथा नयाँ बलले सेप्टेम्बर १६ देखि काम थालेको ह्युमन राइट्स वाचले जनाएको छ ।

आरएबीमाथि गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न भएको आरोप लगाउँदै अमेरिकाले यसअघि प्रतिबन्ध लगाएको थियो ।

ह्युमन राइट्स वाचकी एसिया निर्देशक एलेन पियर्सनले विगतका मानव अधिकार उल्लङ्घन दोहोरिन नदिन स्वतन्त्र मानव अधिकार निकाय र सुरक्षा क्षेत्रमा वास्तविक सुधार आवश्यक रहेको बताएका छन् ।

संस्थाले बङ्गलादेशका अन्तर्राष्ट्रिय साझेदारलाई एसआरबीमाथि स्वतन्त्र निगरानी, मानव अधिकारसम्बन्धी कडा जाँच तथा गिरफ्तारी र हिरासतका क्रममा आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारमाथि दबाब दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा