सिगास गाउँपालिकाका सबै वडा सचिवबिहीन « Khabarhub

सिगास गाउँपालिकाका सबै वडा सचिवबिहीन


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

सचिवबिहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

साविकको ६ गाविसका ६ प्राविधिक सहायकलाई नौवटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीनजनाले दुई वडा र अन्य तीन जनाले एक–एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीबिहीन भएका हुन् ।

वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताइन् । गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १० : ३० बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र