आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर २५ तारिख। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। इन्द्रजात्रा (काठमाडौं उपत्यका बिदा) र विश्व फार्मासिस्ट दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः 

मेष : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। राजनीति नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन :दिन सामान्य छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। आफन्तबाट नै  धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। विपक्षीको साथ मिल्नेछ। रोगबाट मुक्त हुने योग छ। परिवारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट मुक्त हुने योग छ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ।

कन्या : दिन सामान्य छ। ऋण बढ्ने छ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ।

तुला : दिन राम्रो छ। राम्रो योजना बन्नेछ। पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। सोचेको काम नबन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ।

धनु : दिन राम्रो छ। लगानीबाट फाइदा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ। सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ। शिक्षाको लगानीले खुशी बढाउने छ। सोचेको काम सहज बन्नेछ।

मकर : दिन राम्रो छ। राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको योग परेको छ।

कुम्भ : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। श्रम शोषण गर्नेहरु निरास बन्नेछन्। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा र रोजगारीमा बढुवा हुनेछ। दैनिक काम सहजै बन्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सहकर्मीबाट धोका हुनेछ। परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : ३९ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन