अनुसन्धान भन्छ– जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् ! « Khabarhub

अनुसन्धान भन्छ– जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् !


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईं लागि खुसीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् ।

जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ ।

अनुसन्धान प्रतिवेदन अनुसार, पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् ।

अर्थात् वैज्ञानिकहरुका अनुसार पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । तर सबैको हकमा भने यो कुरा लागु नहुने बैज्ञानिकहरुको निश्कर्ष छ ।

अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पनि पछिका सन्तान हरेक दृष्टिले कमजोर हुने वैज्ञानिकहरुको दाबी छ ।

अनुसन्धानकर्ताहरुले सयौं बालबालिका माझ यो अध्ययन गरेका थिए । सो अध्ययन प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : ३५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर