भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने « Khabarhub

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आइतबार आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा उनले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा  विकास गर्न सकिने बताए । 

तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यले २०७३ सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो । 

वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो ।

प्रस्तावित उद्यानमा सात सामुदायिक र राष्ट्रिय वनको केही भागसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्र छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : २५ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य