तरकारीवालीले गरिन् बिहे « Khabarhub

तरकारीवालीले गरिन् बिहे


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धादिङ– तरकारीवालीको नाममा कुनै समय सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेकी कुसुम श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

तरकारीवाली मसीर ६ गते शुक्रबार (हिजो) विवाह बन्धनमा बाँधिएकी हुन् । उनले विहे गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।

गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलिएको थियो ।

त्यपछि त उनी ‘सेलेब्रिटी’नै बनिन् । यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् ।

रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि नदेखाएको बताइन् ।

तर उनले पछि गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म लम्फुमा खेलिन् । तर फिल्मले उनलाई चर्चा दिलाउन सकेन । फिल्म फ्लप भयो ।

त्यसपछि उनले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ मा अभिनय गरिन् । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी थिइन् ।

तरकरीवालीको नाममा चर्चामा रहेकी कुसुम पछिल्लो समय गुमनाम थिइन् । उनले शुक्रवार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  २ : ३७ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल