सरकार छाड्ने/नछाड्ने बारे टुंगो लगाउन समाजवादीको बैठक « Khabarhub

सरकार छाड्ने/नछाड्ने बारे टुंगो लगाउन समाजवादीको बैठक


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारमा रहने वा नरहने भन्नेवारे निर्णय गर्न सत्तारुढ समाजवादी पार्टीको पदाधिकारी बैठक शुरु भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिएपछि समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा शुरु भएको हो ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारत रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी यादवलाई कानुन स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन बारे आफूसँग ओली वा प्रचण्डले कुरा नगरेको उपेन्द्रले यसअघि बताएका थिए ।

मन्त्रालय फेरेर उपेन्द्रमाथि अपमान गरिएको समाजवादीका नेताले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : ३० बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि