मैले नरोकेको भए हङकङ १४ मिनेटमै ध्वस्त हुन्थ्यो– ट्रम्प « Khabarhub

मैले नरोकेको भए हङकङ १४ मिनेटमै ध्वस्त हुन्थ्यो– ट्रम्प


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए हङकङ १४ मिनेटमै ध्वस्त भइसक्ने बताएका छन् ।

उनले आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लोकतान्त्रिक आन्दोलनलाई कुल्चनका लागि सैनिक पठाउन रोकेर आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको उनको दाबी छ ।

उनले भनेका छन्,‘यदी म नभएको भए १४ मिनेटमा हङकङ ध्वस्त हुने थियो ।’

अमेरिकी संसदमा हङकङ लोकतन्त्र समर्थकका लागि विल पेश गरिएको थियो । यो बिलमाथि कुरा गर्दै ट्रम्पले भने,‘हामीलाई हङकङको साथमा उभिनु छ, तर म राष्ट्रपति सीको साथ खडा छु । उनी मेरा मित्र हुन्, उनी एक अविश्वसनीय व्यक्ति हुन् ।’

ट्रम्पले भने,‘शीले हङकङको बाहिर लाखौं सैनिक तैनाथ गरेका थिए, उनीहरु भित्र गइरहेका थिएनन् किनकी मैले उनलाई भनेको थिए कि यस्तो भुल नहोस् । यसले व्यापारमा नकारात्मक प्रभाव पार्नेछ ।’

अमेरिकी संसदमा हङकङ मानवअधिकार र लोकतन्त्र नियम पारित गरिएको छ । यसमा ट्रम्पले हस्ताक्षर गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

पछिल्लो ६ महिनादेखि हङकङमा लोकतन्त्र समर्थकहरुले सरकारको विरोध गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ४५ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर