मैले नरोकेको भए हङकङ १४ मिनेटमै ध्वस्त हुन्थ्यो– ट्रम्प « Khabarhub

मैले नरोकेको भए हङकङ १४ मिनेटमै ध्वस्त हुन्थ्यो– ट्रम्प


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए हङकङ १४ मिनेटमै ध्वस्त भइसक्ने बताएका छन् ।

उनले आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लोकतान्त्रिक आन्दोलनलाई कुल्चनका लागि सैनिक पठाउन रोकेर आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको उनको दाबी छ ।

उनले भनेका छन्,‘यदी म नभएको भए १४ मिनेटमा हङकङ ध्वस्त हुने थियो ।’

अमेरिकी संसदमा हङकङ लोकतन्त्र समर्थकका लागि विल पेश गरिएको थियो । यो बिलमाथि कुरा गर्दै ट्रम्पले भने,‘हामीलाई हङकङको साथमा उभिनु छ, तर म राष्ट्रपति सीको साथ खडा छु । उनी मेरा मित्र हुन्, उनी एक अविश्वसनीय व्यक्ति हुन् ।’

ट्रम्पले भने,‘शीले हङकङको बाहिर लाखौं सैनिक तैनाथ गरेका थिए, उनीहरु भित्र गइरहेका थिएनन् किनकी मैले उनलाई भनेको थिए कि यस्तो भुल नहोस् । यसले व्यापारमा नकारात्मक प्रभाव पार्नेछ ।’

अमेरिकी संसदमा हङकङ मानवअधिकार र लोकतन्त्र नियम पारित गरिएको छ । यसमा ट्रम्पले हस्ताक्षर गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

पछिल्लो ६ महिनादेखि हङकङमा लोकतन्त्र समर्थकहरुले सरकारको विरोध गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ४५ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त